तरुण दल संयोजक नविन पुन माथि माओवादी केन्द्रका कार्यकर्ताद्वारा आक्रमण, गम्भीर घाइते

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका पुथाउत्तरगंगा संयोजक नविन पुनमाथि आक्रमण भएको छ । पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरी गम्भीर घाइते बनाएको रुकुम कांग्रेसले आरोप लगाएको छ । आक्रमणबाट गम्भीर घाइते बनेका पुनको कास्की पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ लगिएको नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।

गएको असार १८ गते राति ३० जना भन्दा बढिको समूहमा आएका माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको सभापति ओलीले आरोप लगाउनुभयो । घटना पश्चात घाइतेलाई वेपत्ता बनाइएको र हप्ता दिनपछि मात्रै आफूलाई थाहा भएपछि उपचारको लागि पोखरा लगे पनि त्यहाँ उपचार सम्भव नभएकाले आइतबार काठमाडौ ल्याइएको ओलीले बताउनुभयो ।

घाइते पुनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ । नेपाली कांग्रेस रुकुमले पुनमाथि चुनाव अघिदेखि नै माओवादीले आक्रमणको योजना बनाएको सूचना प्राप्त भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेस रुकुमले विज्ञप्ती जारी गदै घटनाका दोषीहरुलाई कारबाही माग गदै जंगली शैली सुधार गर्न माओवादीलाई चेतावनी पनि दिएको छ ।

सभापति ओलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘पहिलादेखि नै नविनलाई ज्यान मार्नको लागि माओवादी कार्यकर्ताहरु योजना बनाइरहेका थिए’ यो घटनाले माओवादीको अझै जंगली स्वरुप बाँकी नै रहेको देखाएको छ ।’ यो घटनालाई पार्टीगत रुपमा नजोड्न माओवादी रुकुमका एक नेताले बताउनुभयो ।

– उज्यालो अनलाइनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।