अब सीमामा सशस्त्र प्रहरीका लागि थप ‘बीओपी’ स्थापना गरिने

काठमाडौं, २५ असार । गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्य भइरहेको बताएका छन् ।

व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा जवाफ दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना भइसकेको बताउँदै गृहमन्त्री शर्माले भने, ‘अहिले सिमानामा ९ हजार ३७७ जनशक्ति परिचालन गरिएको छ, थप बोर्डर आउट पोष्ट स्थापना गर्ने कार्य भइरहेको छ ।’

सिमामा नियमित गस्ती तथा अनुगमन भइरहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दुवै देशका सर्भे–नापी विभागले संयुक्त टोली बनाई विगत तीन वर्षदेखि सीमा क्षेत्रमा कार्य गरिरहेका छन्, जोर नम्बरका सिमा स्तम्भ भारतीय पक्षले, बिजोर नम्बरका सिमा स्तम्भ नेपाल पक्षबाट मर्मत गर्ने कार्य भइरहेको छ ।’ – राजधानी दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।