आमा र राष्ट्रलाई सम्झेर राष्ट्रप्रमुख बिरुद्धको प्रस्तुती बन्द गरौं : नविना लामा

काठमाडौं । अनेराश्ववीयु अध्यक्ष नबिना लामाले राष्ट्रपति बिद्यादेबी भण्डारीका बिरुद्ध फैलाईएको टिकाटिप्पणीको चर्को आलोचना गरेकी छन् ।

देशको सबैभन्दा मर्यादित र उच्च पदमा आसिन ब्यक्तिका बिषयमा सामाजिक सञ्चालमा भईरहेको बादबिबादले राष्ट्रियता माथि नै खतरा हुने भन्दै लामाले सबैलाई बास्तबिकता बुझेर मात्र विचार राख्न आग्रह गरेकी छन् ।

‘राष्ट्रपति साधा जिवन उच्च विचारकी अनुयायी हुनुहुन्छ’ आँफूले नजिकबाट राष्ट्रपतिलाई चिनेको बताउँदै उनले भनिन् ‘उहाँका बिषयमा फैलाईएको अफबाहको कुनै तुक छैन ।’

आमा, राष्ट्र र राष्ट्रप्रमुख एउटै रहेको बताउँदै जथाभाबी बोल्नुअघि मातृत्वको सम्मान, आदर र आस्था नभुल्न लामाले अपिल गरेकी छन् ।

‘जस्ले आमालाई माया गर्दैन उस्ले राष्ट्र र राष्ट्रप्रमुखलाई माया गर्नसक्दैन’ उनले भनिन् ‘कमसेकम आमा र मातृभूमीलाई सम्झेर भएपनि संबेदनशीलता नभुलौँ ।’

फैलिएको अफबाह नियोजित प्रोपागान्डा मात्र भएको उनको तर्क छ । राष्ट्रप्रमुखलाई बिबादमा तानेर राष्ट्र, राष्ट्रियता र जनतालाई कमजोर पार्ने षडयन्त्र भईरहेको समेत उनको आरोप छ ।

‘जो सच्चा नेपाली हो उस्ले यो अतिरञ्जनाको पक्ष त के सहन समेत सक्तैन’ उनले भनिन् ‘आफैँ माथि आत्मघाति हुने प्रस्तुती बन्द गर्न सबै नेपालीहरुलाई आग्रह गर्दछु ।

यसैबीच राष्ट्रपतिबाट गाडी किन्नका लागि कुनै प्रस्ताव नआएको प्रधानमन्त्री शेरबहादुर देउवाले समेत स्पष्ट पारिसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।