तुलसीपुरका व्यवसायी श्रेष्ठ हत्याका मुख्य योजनाकार भारतबाट पक्राउ

दाङ, तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीनजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।

श्रेष्ठ हत्याका मुख्य योजनाकार शान्तिनगर २ हाल तुलसीपुरका टिकाराम घर्ती, उनकी छोरी पुजा र सल्यानका सल्यान झिम्पेका मानवहादुर भण्डारीलाई भारतीय प्रहरीको सहयोगमा भारतको हिमाचलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन्।
श्रेष्ठ हत्याका मुख्य योजनाकार शान्तिनगर २ हाल तुलसीपुरका टिकाराम घर्ती, उनकी छोरी पुजा र सल्यानका सल्यान झिम्पेका मानवहादुर भण्डारीलाई भारतीय प्रहरीको सहयोगमा भारतको हिमान्चलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका उनीहरुलाई आजै बेलुका पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। प्रहरीले उसअघि फरार तीनजनाबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो। घटनामा संलग्न चार जनालाई भने प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार टिकाराम घर्ती र उनकी छोरी पुजा श्रेष्ठ हत्या काण्डका योजनाकार हुन्। टिकारामले आफ्नी १७ बर्षिया छोरी पुजालाई प्रयोग गरी फोनमार्फत घरबाट बोलाउन लगाई व्यवसायी श्रेष्ठको अपहरण गरेका थिए।

उनीहरुको यो योजना ३ करोड रुपैयाँ फिरौतीका लागि बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सिंहले बताए। टिकाराम र पुजाकै योजना अनुसार जेठ २६ गते बेलुका अपहरणमा परेका श्रेष्ठ अपहरण भएको झण्डै तीन सातापछि अघिल्लो शुक्रवार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थीत जंगलमा मृत फेला परेका थिए।

अपहरण भएको तीन दिनपछि नै अपहरणकारीहरुले श्रेष्ठको हत्या गरिदिएको प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।