मेनपावर कम्पनीहरुको लुटलाई साथ दिदै अब प्रधानमन्त्री देउवाले ‘फ्रि भिषा फ्रि टिकट’को प्रावधान हटाउने
काठमाडौं, असार ३० प्रधानमन्त्री शेरबहादुर देउवाले मेनपावर कम्पनीहरुको लुटलाई साथ दिदै अब ‘फ्रि भिषा फ्रि टिकट’को प्रावधानलाई हटाउने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५ औँ साधारणसभाको उद्घाटन गर्दै उनले सबै पक्षबीच सहमति गरेर उक्त प्रावधान हटाइने बताएका हुन् ।

मेनपावर व्यवसायीहरुले कामदारहरुसँग चर्काे पैसा असुलेर बैदेशिक रोजगारीमा पठाउदै आएका छन् । सोही दुई वर्षअघि शेर बहादुर देउवा नेतृत्वको सरकारले फ्रि भिषा फ्रि टिकटको प्रावधान लागू गरेको थियो ।
सामान्यतया कामदारले लिने कम्पनीले नै भिषा र टिकटको पैसा तिर्दै आएका छन् । तर, नेपालका मेनपावर कम्पनीले उल्टो कामदारसँग लाखौं लिएर मात्र बैदेशिक रोजगारमा पठाउने गरेका छन् ।
श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर नै उक्त प्रावधान हटाउने पक्षमा लागेका छन् । मेनपावर व्यवसायीहरुको दबाबमा यस्तो प्रावधान हटाउन लागिएको हो । शुक्रबार सुरु भएको साधरणसभामा फ्रि भिषा फ्रि टिकटको प्रावधान हटाउने भनै व्यवसायीहरुको प्रमुख एजेण्डा भएको दृष्टीन्यूजमा खबर छ ।


