नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

काठमाडौँ, असार ३० । नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी भएको बताएका छन् । उनले यो नीति लागु गरिए भविष्यमा भारतीय च्यानल बन्द गर्नेसम्मको अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उनले व्यापारिक दृष्टिकोणले क्लिन फिड नीति व्यवहारिक नभएको बताए । ‘क्लिन फिड नीति नेपाल सरकारको लागि प्रतिकुल हुनेछ,’ उनले भने ।

फाउन्डेसनले आयमा हुने घाटा रोक्न र रोजगारी गुम्न नदिन नेपाल सरकारलाई यो निर्णय फिर्ता लिन आग्रह समेत गरिसकेको बताइएको छ  फाउन्डेसनले यसअघि पनि नेपाल सरकारका प्रतिनिधिहरुलार्इृ भेटेर यो नीति लागु नगर्न दबाब दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।