राष्ट्रपति विरुद्ध मनपरी गाली लेख्ने अर्का युवक पनि पक्राउ, सुनारलाई ५ बर्ष जेल सजाय ! (भिडियो सहित)

काठमाडौं, ३० असार । हुँदै नभएको १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

फाईल फोटो

तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका थिए । उनीमाथि प्रहरीले साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।

https://youtu.be/MX1powXJWYc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।