निर्वाचनमा पैसाको चलखेल : एक भोटका लागि २५ हजार नगद दिएको खुलासा

गुल्मी, असार ३० । स्थानीय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमालेका एक स्थानीय नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाणसहित पर्दाफास गरिएको रातोपाटीमा खबर छ ।

नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ मा विजयी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सहित सार्वजनिक गरिएको हो ।

उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस्, कार्यपालिका जितियो भने एक लाख अरु दिइने छ , पैसाको पिरै नगर्नुस् ।’

कांग्रेस कार्यकर्ता नेपालीले आफू इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन् भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजनिक गरेको बताए ।

‘म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधारण गरीव दलितहरु कति बिके होलान् ?’– उनले थप आशंका ब्यक्त गरे । एमालेले जित्नुको पछाडिको रहस्य बल्ल अहिले आएर खुलेको उनले आरोप लगाए । श्रेष्ठले प्रमाणसहित निर्वाचन आयोगमा मुद्दा हाल्ने पनि बताए ।

यसअघि वडा नम्वर १४, साविकको पाराल्मी गाविसमा एमाले कार्यकर्ताहरुले कार्यकर्ताले बाँडेको पैसा वरामद गरी राखेको पनि उनले बताए ।

पैसा दिएको आरोप लागेका ती एमाले नेताले भने आफूले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको दाबी गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।