झारफुक गर्ने बहानामा झाँक्रीबाट दुई महिला बलात्कृत

म्याग्दी ३० असार । बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि घरमै आएर एक दिन बिराएर दुईजना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।

‘उपचार विधि बाहिर भनेमा झाँक्रीको मन्त्रले काम नगर्ने भन्दै तामा–तुलसी र हतियार छुवाएर सयौंपटक कसम खुवाई ढोका लगाएर सुरुमा मन्त्र भन्दै गुप्तांग पूजा गरी बलात्कार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिलाहरू चुप लागे पनि दोस्रोपटक भने घटना बाहिर ल्याए । धामीले महिलाको ढाड, कम्मर, तल्लो पेट दुख्ने रोगलाई सूत्रका रूपमा प्रयोग गर्ने गरेको खुलेको छ ।’

चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले किसानलाई घरमा बोलाएका थिए । टाढाको झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खडकाले बताइन् । उनका अनुसार झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरू पनि पीडित भएको बताएका छन् । – कान्तिपुर दैनिक ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।