एमाले ले २५ हजारमा एक भोट किनेको अडियो सार्वजनिक – (अडियो सहित)

गुल्मी – स्थानीय चुनावमा एक भाेटका लागि २५ हजार रूपैँया दिएको अडियो सार्वजानिक भएको छ । गुल्मीका एक स्थानीय नेताले एक भोटका लागि २५ हजार दिएको अडियो सार्वजानिक भएको हो । एमालेका स्थानीय नेताले गुल्मीको रेसुङ्गा नगरपालिका कार्यपालिकाको निर्वाचनमा कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाणसहित सार्वजानिक भएको छ ।

नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ मा विजयी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार बिहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगदसहित सार्वजनिक गरिएको हो ।

एमाले गुल्मीका जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले रेसुङ्गा नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि २५ हजार रूपैयाँ तत्काल र चुनाव जितेपछि १ लाख दिने शर्तमा भोट किन्न खोजेका थिए । उक्त कुराकानीको अडियो रेकर्डमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस्, कार्यपालिका जितियो भने एक लाख अरु दिइने छ , पैसाको पिरै नगर्नुस् ।’

कांग्रेस कार्यकर्ता नेपालीले आफू इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन् भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजनिक गरेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।