सुशीला कार्कीको अवकासपछि सर्वोच्च अदालतमा भ्रष्टाचार र राष्ट्रिय महत्वका मुद्दा सरेको सर्यै

काठमाडौं, ३१ असार । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको अवकासपछि सर्वाेच्च अदालतमा राष्ट्रिय चासोका र भ्रष्टाचार सम्बन्धी ठूला मुद्दाहरु रोकिएको रोकियै भएका छन् । प्रधानन्यायाधीश कार्कीको अवकाशपछि आइजीपी प्रकरण देखि भरतपुर प्रकरणको मुद्दाको सुनुवाई सरेको सर्यौ भएको चक्रपथमा खबर छ ।

कार्कीकै पालामा फैसला तयारी भई अन्तिम सुनुवाई तोकिएको आइजीपी सम्बन्धी नवराज सिलवालको मुद्दा अहिलेसम्म सरेको सर्यौ छ । यस्तै राष्ट्रिय चर्चामा रहेको भरतपुरमा मतपत्र च्यातेको मुद्दा पनि सरेको सर्यै छ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि महाभियोग लागेकै दिन सुडान घोटाला सम्बन्धी मुद्दाको फैसला गरेकी थिइन् । यस्तै कांग्रेस नेता गोविन्दराज जोशीको भ्रष्टाचार सम्बन्धी मुद्दा पनि कार्कीको अवकाशपछि सरेको सर्यै छ । हाल राजश्व अनुसन्धानका चुडामणि शर्मा विरुद्ध अख्तियारले लगाएको मुद्दा पनि रोकिएको छ ।

कार्कीको बहिर्गमनपछि न्यायाधीशरुको उमेर विवाद सम्बन्धी दुईवटा मुद्दा भने न्यायाधीशरुले दावी गरेको उमेर नै कायम गरी निरुपण भएका छन् ।

भ्रष्टाचारका ठूला मुद्दामा छिटो फैसला दिएर चर्चामा आएकी निवर्तमान प्रधानन्यायाधीश कार्कीमाथि न्यायिक सक्रियता देखाएको विषयलाई लिएर महाभियोग समेत लगाइएको थियो । कार्कीले भ्रष्टाचारका ठूला मुद्दाको सुनुवाई रोक्न महान्यायाधिवक्ता रमण श्रेष्ठले दवाव दिने गरेको खुलासा गरेकी थिइन् । महान्यायाधिवक्ता श्रेष्ठले पनि आफूलाई नियुक्त गर्ने प्रधानमन्त्रीले राजीनामा दिए पनि आफ्ना केही काम बाँकी भएकाले ती किनारा नलागुन्जेलसम्म राजीनामा नदिने वताइरहेका छन् । पुष्पकमल दाहालले महान्यायाधिवक्ता नियुक्त गरेका श्रेष्ठले नयाँ प्रधानमन्त्री निर्वाचित भएको एक महिना पूरा हुँदा पनि राजीनामा दिएका छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖