पुलमा भ्वाङ परेपछि एकैपटक चारवटा गाडी दुर्घटना

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसहास्थित विर्धना पुलमा भ्वाङ परेपछि शुक्रबार अपरान्ह एकैपटक चारवटा गाडी दुर्घटनामा परेका छन्।

भ्वाङका कारण गुड्दा गुड्दैको मालबहाक ट्रक एक्कासी पुलमा ठोक्किएपछि ट्रकको पछाडी रहेका अन्य तीन सवारी साधन पनि दुर्घटनामा परे। पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना.५ ख २७७२ नं. को ट्रक पुलको पूर्वी भागमा आइपुगे लगत्तै पुलको दक्षिणपट्टिबाट ५० से.मी. ब्यास भएको भ्वाङ्मा परेपछि एक्कासी पुलमा ठोक्किएको थियो।ट्रकको अगाडीको सिसा काम नलाग्ने गरी फुटेको छ।

त्यसक्रममा सबैभन्दा पछाडि रहेको धनुषाको जनकपुर ११ स्थित शहीद स्मृति प्रतिष्ठानको ज.१च ७२२ नम्बरको एम्बुलेन्सका सहचालक धनुषा बटेश्वर गाउँपालिका ६ का करिब २५ वर्षीय सुदिपकुमार महतो निधारमा चोट लागेको छ। घाइते महतोको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

सबैभन्दा अगाडि रहेको ट्रक एक्कासी रोक्किंदा त्यसको पछि रहेको ना.६ ख ९६२२ नं. को कन्टेनर ट्रक, त्यसपछि रहेको ना.६ ख ७१६२ नम्बरको कन्टेनर ट्रक र सबैभन्दापछि रहेको एम्बुलेन्स ठोक्किएका हुन्। पुलनजिकै चार वटा सवारी साधन ठोक्किएपछि करिब एक घण्टा सवारी आवागमन प्रभावित भएको थियो।

इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पबाट आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टापछि अबरुद्ध सडक खुलाएका छन्। ठोक्किएका सावरी साधन कडरबोना प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।