१५ जना एसएसपी बाट डिआइजी बढुवाका लागि सिफारिस, एक र दुई नम्बरमा को-को ?
सर्वेन्द्र खनाल पहिलो नम्बरमा
काठमाडौं, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ।
बढुवा सूचीको पहिलाे नम्बरमा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल परेका छन् । दोश्रो नम्बरमा एसएसपी प्रहरी प्रधान कार्यालय युएन जगेडामा रहेका रमेश खरेल छन् । खनालले खरेललाई कार्यसम्पादन मूल्याङ्कनमा ०.६२ ले पछि पारेका हुन् । खरेलले ८३.८५ ल्याउँदा खनालले ८४.४७ अंक ल्याएका छन् ।
यस्तै, बढुवा सिफारिसकाे तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौँमा भोगबहादुर थापा, छैठौँमा पुष्कल रेग्मी, सातौँमा पवन खरेल, आठौँमा छविलाल जोशी, नवौँमा मनोज न्यौपाने, १०औँमा ज्ञान विक्रम शाह परेका छन् । यसैगरी, ११औँ नम्बरमा ठूले राई, १२औँमा शरद चन्द, १३औँमा धिरु बस्नेत, १४औँमा पुष्पचन्द्र रञ्जित र १५औँमा सुरेश विक्रम शाह गरी १५ जना बढुवा समितिले सिफारिस गरेकाे सूचीमा अटाएका छन् ।



