दिलोज्यान दिएर प्रेम गर्छन् यी पाँच राशी भएकाहरु !

मिथुन राशीः
यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ ।

समस्याः

तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशीः
यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।

साथीमाथि निर्भरः
कर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ । उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् ।

उत्कृष्ट जीवनसाथीः
घुम्न जान होस् वा कुनै सपिङका लागि । आफ्ना साथी बिना उनीहरुको कुनै योजना बन्दैन । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

कन्या राशीः
कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् । यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।

निकै क्लिंगीः
उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ।।। यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन ।

कुम्भ राशीः
कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन् ।

मीन राशीः
जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् । – न्यूज24बाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।