विदेशबाट फर्कने बिमार कामदारका लागि विमानस्थलमा छुट्टै कक्ष बनाउन निर्देशन

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको आज निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

वैदेशिक रोजगारीबाट अङ्गभङ्ग भई तथा बिमार भई फर्केका कामदारलाई विमानस्थलमा सहज रुपमा आउन र बस्नका लागि छुट्टै कोठाको व्यवस्था गर्न, त्यस्ता कामदारलाई मनोपरामर्श दिई सुरक्षित गृह वा आफन्तसम्म लैजान सवारीसधानको व्यवस्था गर्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि उहाँले निरीक्षणका क्रममा निर्देशन दिनुभयो । त्यसका लागि नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयबीच समन्वय गरी सहयोगी कक्ष स्थापना गर्न उहाँले सुझाव दिनुभयो ।

यस्तै, मृतक कामदारको शव ल्याउन र घरसम्म लैजान सवारीसाधनको व्यवस्थाका लागि विमानस्थलमा सहयोगी कक्ष स्थापना गर्न, वैदेशिक रोजगारीका लागि प्रयोग गरिएको अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँँले सुझाव दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖