कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्
काठमाडौं, १० साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१८ का लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
ईपीएस कोरिया शाखाले मंगलबार नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।
यो परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएका थिए भने ६८ हजार बढीले परीक्षा दिएका थिए । भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण भएका छन् । बाँकी ५८ हजार युवा असफलको सूचीमा परेका छन् । ९० प्रतिशतभन्दा बढी सही उत्तर दिने परीक्षार्थी कोरिया जाने आशामा छन् ।
यो परीक्षामा कृषि क्षेत्रमा ६ हजार २०० र उत्पादनमा ४ हजार उत्तीर्ण भए । परीक्षामा ९ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका थिए ।
उत्तीर्ण परीक्षार्थीको मेडिकललगायतका प्रक्रिया आगामी फेब्रुअरीबाट हुनेछ । पास भएकालाई रोस्टर सूचीमा राखेर श्रम सम्झौता गरिने छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणा बढी परीक्षार्थी भाषा परीक्षामा पास हुँदैछन् । गत वर्ष भने ३ हजार ५ सय युवाले कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।
नतिजा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्
उत्तिर्ण हुने सम्पुर्णको नामावली हेर्न यो लिंकमा क्लिक गर्नुहोस


