दसगजा पारगरी नेपाली भूमि भित्रै आएर चेकजाच गर्ने भारतीय एसएसबीका जवानलाई कारबाही

बेलहिया, १४ साउन । गत मंगलबार नेपाल–भारत बेलहिया नाकाको दसगजा पारगरी नेपालतिरै आएर चेकजाच गर्ने २ जना एसएसबीका कर्मचारी कारबाहीमा परेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र बेलहियामा शुक्रबार आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नो मेन्स लेन्स (दसगजा) भन्दा यतै आएर एसएसबीले किन चेकचाज गरेको ? किन तस्वीर खिच्ने पत्रकारलाई दुर्व्यवहार गरेको भनी सोधेको प्रश्नमा भारतीय एसएसबीका डिआइजी रन्जीत सिंहले जवानहरुले गल्ती गरेको स्वीकार गरे । उनले अब उप्रान्त त्यस्तो नहुने बताए ।

उनले नो मेन्स लेन्स क्रस गर्ने ती प्रहरी कर्मचारीलाई कारबाही गरिसकेको समेत दाबी गरे, सत्यसमाचारमा खबर छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सिंहले सीमामा चेकजाचको नाममा भारतीय सुरक्षाकर्मीले केही अफ्ठयाराहरु सृजना गरेको भन्दै भारतीय सुरक्षा अधिकारीको ध्यानकर्षण गराएका थिए ।

गत मंगलबार साँझ भारतीय एसएसबीले चेकजाचको नाममा नेपालीमाथि दुर्व्यवहार गरेको भन्ने सुनेर सो खबर संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई पनि नेपाली भूमिमा दुर्व्यवहार गरेका थिए ।

भारतीय सुरक्षाकर्मीहरु ड्रेस र हतियार सहित शान्तिद्वारसम्म आउँदा भने इप्रका बेलहियाका ड्युटीमा बसेका प्रहरी भने मौन बसेका थिए ।

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यय र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपाल–भारतका सुरक्षा अधिकारीहरु सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।