भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसला
काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ ।

मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।
मतगणना सुचार गर्न माग गर्दै एमाले वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले मतदानका लागि ढोका खुला गरेको हो ।
मतगणना अन्तिम चरणमा पुगेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले ९० मत च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो ।
मतगणनामा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणुु दाहाल एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा करिव ७ सय भोटले पछाडि छिन् ।
वैशाख ३१ मा सम्पन्न पहिलो चरणको चुनाव अन्तर्गतको भरतपुर महानगरपालिकामा वढा नम्बर १९ र २० नम्बर वडाको मतगणाना बाँकी थियो ।
नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री र एमाले स्थानीय नेता देवी ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । जसका कारण पहिलो चरणको चुनावमा भरतपुर निकै चर्चामा रहेको थियो । जहाँ माअोवादी केन्द्रकी उम्मेदवार रेणुलार्इ नेपाली कांग्रेसले सहयोग गरेको थियो ।


