स्कुलबाटै अपहरण परेका बालक यसरी फेला परे

काठमाण्डौ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

उहाँले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार बिहान ४ बजे काँडाघारी क्षेत्रमा बालक सडकमा छाडिएका थिए । ‘एक जना बुढी महिलाले बालकलाई सडकमा फेला पारेपछि प्रहरीलाई खबर गरिन् । त्यसपछि अपराध महाशाखाबाट खटिएको टोलीले बालकको उद्धार गरेको हो,’ अमात्यले भने ।

विद्यालयको सिसीटिभी फुटेज अध्ययन गर्दा बालकका बाबु विद्यालय पुग्न ५ मिनेटअघि एउटा मोटरसाइकलमा राखेर बालकलाई कसैले लगेको देखिएको थियो ।

परिवारले आफ्नो पसलमा काम गर्ने कामदारमाथि अपहरणको आशंका गरेका छन् । तलब नदिएको निहुँमा कामदारसँग त्यसअघि भनाभन भएको परिवारले बताएको छ ।

यही साउन १२ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।