‘नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न सक्दैन’
काठमाडौं, साउन ३० । विभिन्न दलका नेताहरुले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै दुई देशको सम्बन्धलाई अझै घनिष्ट र सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशरण महत, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशम्शेर राणा र राजपा नेपालका नेता हृदयेश त्रिपाठीलगायतले नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न नसक्ने बताए । साक्षात्कार नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले नेपालको आर्थिक समृद्धिका लागि भारत सधैं सकारात्मक रहेको बताए ।


