विपत्तिमा परेकाहरुको उद्दारको लागि नेपाली सेनाले गर्यो यस्तो प्रशंसनीय काम – हेर्नुहोस् भिडियो सहित

काठमाडौं, साउन ३० । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार हालसम्म चार हजार ५०० जनाको स्थलगत तथा एक हजार १०० जनाको हवाई उद्धार गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि स्थानीय प्रशासनसँगको समन्वय तथा सहकार्यमा आवश्यक उद्धार सामग्रीसहित नेपाली सेनाको उद्धार टोलीसहित पाँच हेलिकोप्टर निरन्तररुपमा परिचालन भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

बाढीपहिरो र डुबान क्षेत्रमा हाल नेपाली सेनाबाट करिब सात हजार ५०० सैनिक परिचालित रहेको जनाइएको छ ।

मोरङ जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले गछिया खोलाले कटान गरेको स्थानमा १३ ग्याबिन जालीमा ढुंगा भरी बाढी रोकथाम गरेको सेनाले जनाएको छ ।

रौतहटको गौर इलाकामा डुबानमा परेकालाई हेलिकोप्टरद्वारा एक हजार २०० केजी खाद्य सामग्री, औषधि तथा पानी पुर्‍याइ वितरण गरिएको जनाइएको छ ।

त्यस्तै, बाँकेका फत्तेपुर र गंगापुर इलाकामा नेपाली सेनाकै हेलिकोप्टरबाट चाउचाउ १०६ र बिस्कुट २६ बाकस, ड्राइ फुड १०० पोका, जीवनजल १५ बाकस, चिनी १२ र चिउरा ७५ बोरा, सिटामोल र मेट्राजोल पाँच/पाँच हजारओटा र पिउनेपानी एक हजार २०० बोतल वितरणका लागि पुर्‍याइएको निर्देशनालयले जनाएको छ । रासस

भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।