संविधान संशोधन विधेयक असफल भयो, मधेसी नेताको एजेण्डा ‘समाप्त’

काठमाडौं । व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक फेल भएको छ । भर्खरै सम्पन्न भोटिङमा दुई तिहाई बहुमत नपुगेपछि प्रस्ताव फेल भएको हो । यससँगै मधेसका जनताको अधिकारका लागि भन्दै वर्षाेदेखि राजनीति गर्दै आएका मधेसी नेताको एजेण्डा लगभग समाप्त भएको छ ।

संसद सचिवालयका अनुसार विधेयकको पक्षमा ३४७ मत र विपक्षमा २०६ खसेको थियो । संसदमा ५५३ सांसद उपस्थित थिए । विधेयक पारित हुन ४८ मत पुग्न सकेन ।

संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले विधेयकलाई फेल गराएका हुन् । कांग्रेस, माओवादी लगायत दलले पक्षमा मत हालेपछि बहुमत नपुग्दा विधेयक संसदबाट अस्वीकृत हुन पुग्यो ।

राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न र तराई मधेसमा निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले संशोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

विधेयक फेल भएसँगै मधेसी नेताको एजेण्डा समाप्त भएको छ भने राजनीतिक जीवन पनि दिगो नहुने विश्लेषकहरु बताउँछन् ।

संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले)ले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको हो ।

कुल उपस्थित संख्याः ५५३
पक्षमाः ३४७
विपक्षमाः २०६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।