प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँदिल्ली, ८ भदौ । भारतको राजकीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र विशेष किसिमको रहेको बताउँदै भने, “खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको छ ।”

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो भारतको औपचारिक राजकीय भ्रमणमा यहाँ आएका छन ।

उक्त समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्र देव समेतका नेपाली प्रतिनिधिमण्डलका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रम देउवासँग विदेशमन्त्री स्वराजको भेट

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा आजै शिष्टाचार भेट गरे । सो अवसरमा उनीहरुबीच नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरुको कार्यान्वयनका लागि कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए ।

राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖