भारतले आर्थिक सहयोग दिने नाममा नेपाललाई नहेप्न चीनले दियो चेतावनी !
नवभारत टाइम्सले चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको एउटा लेखलाई उद्धृत गर्दै शेरबहादुर देउवाको भारत भ्रमणबाट दुवै देशबीच सम्बन्ध सुधार भएको कुरा चीनलाई मन नपरेको टिप्पणी गरेको छ ।

भारतले नेपाललाई आर्थिक सहयोग दिने नाममा आफ्नो पक्षमा पार्ने सपना देखेको छ भने उसले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ग्लोबल टाइम्सको उक्त लेखमा रहेको नवभारत टाइम्सले जनाएको छ ।
भारत स्वयं आर्थिक समस्याबाट गुज्रिरहेका बेला नेपाललाई आर्थिक सहयोग दिएर चीनबाट विमुख बनाउने उसको सपना दिवास्वप्न मात्र रहेको ग्लोबल टाइम्सको टिप्पणीलाई नवभारत टाइम्सले उद्धृत गरेको छ ।
यसबारे नकारात्मक टिप्पणी गर्दै नवभारत टाइम्सको अनलाइन प्रसारणमा भनिएको छ, ‘‘चीनले हरेक कुरामा टाङ अड्काउन थालेको छ । अमेरिकाले पाकिस्तानलाई चेतावनी दिँदा चीनको पेटमा पीडा भयो । अब नेपालका प्रधानमन्त्री भारत भ्रमणमा छन्, यो देखेर चीनका पेट फेरि दुख्न लाग्यो ।’’ – पाना खबरको सहयोगमा ।


