भारतको भ्रमणबाट फर्कने बित्तिकै जंगिए देउवा,- विदेश गएर केही नबोल्ने भन्ने छ र ? (भिडियो सहित)

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे पाँच दिने अाैपचारिक भ्रमण पूरा गरी अाइतबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उनले आफूले भारतमा छँदा संविधान संशोधनको विषयमा बोलेको विषयको बचाउ गरे।

‘विदेशमा गएर केही पनि नबोल्ने भन्या छ र? कहाँ के बोल्ने भन्ने कुराको नीति बनाउँ न त पहिला, नत्र के बोल्ने भनेर कसलाई सोधेर जाने?’, प्रधानमन्त्री देउवाले भने। मधेसी जनताकाे भावनाअनुसार संविधान संशाेधन प्रस्ताव सरकारले संसदमा लगेकाे उनकाे दाबी थियाे।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी उपस्थित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुइ तिहाइ नपुग्दा संसदबाट असफल भएकाे संविधान संशाेधन प्रस्ताव फेरि पनि दुइ तिहाइ पुर्याएर पारित गर्ने वाचा गरेका थिए। विदेशमा गएर अान्तरिक मामिलाकाे भारी बसिाएकाे भन्दै प्रतिपक्षी लगायतले प्रधानमन्त्रीकाे साे अभिव्यक्तिकाे अालाेचना गरेका थिए।

‘सरकारले पेस गरेको संशोधन प्रस्ताव ठीक थियो, सरकारले अझ पनि संविधान संशोधनको प्रयास गर्छ। मैले यही कुरा भारतमा पनि भनेको हुँ’, उनले भने। उनले अाफ्नाे भ्रमणले दुइ देशकाे सम्बन्ध सुधार भएकाे दाबी गरे।

प्रधानमन्त्री देउवा भारतकाे अाैपचारिक भ्रमणका लागि भदौ ७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए। याे उनकाे चाैथाे राजकीय भारत भ्रमणा हाे।

https://youtu.be/86d0GmgtTMc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖