धनकुटामा सरोकारवाला निकाय र दुग्ध उत्पादक सहकारी संस्था विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा खबर, १ असोज । धनकुटामा सञ्चालित दुई दिने सरोकारवाला निकाय र दुग्ध उत्पादक सहकारी संस्था विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उन्नति परियोजना अन्र्तगत अन्तराष्ट्रिय श्रम संगठन आईएलओसँगको साझेदारीमा राष्ट्रिय सहकारी सघंको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा उन्नति परियोजना सञ्चालन भएका पुर्वि पहाडी ७ जिल्लामा मध्ये ४ जिल्ला धनकुटा, तेह्रथुम,पाँचथर र ईलाम जिल्लामा सञ्चालित १६ वटा दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष तथा सञ्चालक,सम्वन्धित जिल्लाका पशु तथा कृषि विकास कार्यालयका प्रमुख, तीन वटा दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष र दुईवटा जिल्लाका जिल्ला सघंका अध्यक्ष लगायतको सहभागिता रहेको छ ।

दुग्ध उत्पादक सहकारी संस्थाको प्रर्वद्धन तथा विकास लागी सहयोग पुरयाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सहकारी संघका कार्यक्रम अधिकृत सुरेश थापाले वताउनुभयो । राष्ट्रिय सहकारी संघले आईएलओसँगको साँझेदारीमा उन्नति परियोजना सञ्चालन भएका जिल्लाका दुग्घ सहकारीका लागी दुग्ध सहकारी सघंसस्था प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिरहेको अधिकृत थापाले वताउनुभयो ।

दुई दिन सम्म सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला र दुग्ध उत्पादक सहकारी संस्था विच विभिन्न विषयमा छलफल गरिने छ । यसका साथै दुग्ध उत्पादक सहकारीका समस्या र समाधान गर्न सकिने उपायहरु,बजारिकरणका लागी गर्ने सकिने कार्यहरु,प्रविधिको सुधार तथा विकास र मुल्य श्रङखला लगायतको वारेमा समेत छलफल भएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण पशुसेवा विभागका बरिष्ठ पशु विकास अधिकृत शकर शाह,खाद्य अनुसन्धान अधिकृत ईश्वरी सुवेदी,राष्ट्रिय सहकारी सघंका नायव महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग र कार्यक्रम अधिकृत सुरेश थापाले गर्नुभएको छ । पुर्वका चार जिल्ला धनकुटा,तेह्रथुम,पाचथर र ईलाम जिल्लामा १ सय ८७ वटा दुग्ध उत्पादक सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

जसमा धनकुटा जिल्लामा २८ वटा दुग्ध उत्पादक सहकारी संस्था रहेको जिल्ला सहकारी सघं धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।