शुभप्रभात युवा क्लव छथरजोरपाटि गाउँपालीकाले दशैको अवसरमा विभिन्न प्रतियोगीताको आयोजना गर्ने

धनकुटा खबर, १ असोज । धनकुटाको छथरजोरपाटि गाउँपालीका– ३ ताङखुवामा रहेको सुभप्रभात युवा क्लवले दशैको अवसर पारी विभिन्न प्रतियोगीताको आयोजना गर्ने भएको छ । दशैको अवसरमा वर्षर्नी रुपमा विभिन्न प्रतियोगीता आयोजना गदै आएको क्लवले यस वर्ष पनि भलिवल र नृत्य प्रतियोगीता स्ांचालन गर्ने भएको छ ।

यस्तै यस वर्षको भलिवल खेलका लागि पुरस्कार राशीमा वृद्धि गरिएको क्लवका सचिव विजय लिम्वूले बताउनुभयो । नगद १० हजार पुरस्कारबाट यस वर्षदेखी भलिबल खेलको विजेता टिमले १५ नगद प्राप्त गर्ने र उपविजेताले ७ हजार नगद तथा मेडल,ट्रफी र प्रमाण पत्र प्राप्ने गर्ने भएका छन् । यस्तै सामूहीक नृत्य प्रतियोगीताको समेत आयोजना गरिएको सुभप्रभात युवा क्लवले जनाएको छ ।

हरेक वर्ष दैशको अवसरमा ताङखुवाको पीङडाडाँमा मेला लाग्ने गर्दछ । मेलामा स्थानिय निशान थान मन्दिरमा पुजा गर्न आउने भक्तजन र दर्शकको सहजतका लागि रोटेपीङ्गको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।