धनकुटामा जारी भिमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको आज फाईनल

धनकुटा खबर, १ असोज । धनकुटामा जारी १३ औ शहिद भिमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल आज हुदै छ । उपाधिका लागी आज ब्वाईज युनियन काठमाण्डौ र विर्ता युनाईटेड झापा विच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले वताउनुभयो ।

ब्वाईज युनियन काठमाण्डौ बेलवारी फुटवल कल्व मोरङ्गलाई १–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने विर्ता युनाईटेड झापा विआरसी भुटानलाई ४–० गोल गर्दैै फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता टिमले गोल्डकप सहित नगद १ लाख र उपविजेता टिमले नगद ५० हजार हात पार्ने प्रतियोगिता आयोजक समितिले जनाएको छ । प्रतियोगिता गत भाद्र २७ गते देखि शुरु भएको हो ।

२०७३ को १३ औ संस्करणको प्रतियोगिता गत चैत्र महिनामा सञ्चालन हुनुपर्ने भएपनि प्रतियोगिता सञ्चालन गर्ने स्थल तल्लो टुडिखेल स्तर उन्नति तथा मर्मत सम्भारका कारण ६ महिना पछि सञ्चालन भएको छ । शहिद भिमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापित शहिद भिमनारायण गोल्डकप २०६३ साल देखि नियमित रुपमा हरेक वर्ष सञ्चालन हुदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।