नेपाली कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनको नियन्त्रणमा, प्रधानमन्त्री देउवासमेतले फोन गरेर रिहा गर्ने प्रयास असफल

टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको छ ।

झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरेपछि सफल हुन सकेको छैन् ।

उनलाई नियन्त्रणमा राख्नुको कारण पनि अहिलेसम्म अध्यागमनले दिएको छैन् । जापानस्थित नेपाली जनसम्पर्क समितिको बिश्वस्त सूत्रले दिएको जानकारीअनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु पनि थिए । धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।

आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् ।

जनसम्पर्क समिति जापानका अध्यक्ष डीपी कंडेलसँग यस विषयमा प्रतिक्रियाका लागि सम्र्पक गर्न खोज्दा सम्र्पक स्थापित हुन सकेन ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् ।

यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता लगायतलाई अध्यागमनबाट फर्काइएको थियो सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो । अनलाईन खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।