गोकुण्डेश्वर वालमन्दिर माविमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनकुटा खबर । धनकुटा नगरपालिका वडा न.५ तल्लो टुडिखेल नजिक अवस्थित गोकुण्डेश्वर वालमन्दिर माविमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि तथा वडामा निर्वाचित जनप्रतिनिधिहरुका लागी विद्यालयले स्वागत सहित दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख,उपप्रमुख सहित वडा न.५ का निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई वधाई ज्ञापन गरिएको छ ।

सो अवसरमा धनकुटा नगरपालिका उपप्रमुख शकुन्तला वस्नेत,वडा न.५ का वडा अध्यक्ष धनकुमार राई,सदस्यहरु सिता प्रधान,गोविन्द्र राई,अम्विका परियार लगायतको उपस्थिती रहेको थियो । वधाई तथा शुभकामना आदानप्रदान सहित निर्वाचित जनप्रतिनिधिहरुलाई खादा,अविरका साथै टिका र जमरा प्रदान गरिएको विद्यालयका प्रध्यानाध्यापक दामोदार प्रसाद मिश्रले वताउनुभयो ।

स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामवहादुर थापा,धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,त्रिवेणी श्रोत केन्द्रका श्रोत व्यक्ति केदारप्रसाद अधिकारी,वडा अध्यक्ष धनकुमार राई,विद्यालयका प्रध्यानाध्यापक दामोदार प्रसाद मिश्र,विद्यालय व्यवस्थापन समितिका सदस्य कोपिला शकर लगायतले शुभकामना सहित आ आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रध्यानाध्यापक जिवन श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन शिक्षक थिरेन्द्रवहादुर लिम्वुले गर्नुभएको थियो । यसैगरि कक्षा १० मा अध्ययनरत विद्यार्थीले समेत स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा १० का छात्र सेमिहाङ्ग लिम्वुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।