यसकारण एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित !

काठमाडौं । स्थानीय तहमा नेकपा(एमाले) सबैभन्दा ठुलो दल बन्ने निश्चित भएको छ । २ नम्बर प्रदेशको प्रारम्भिक मत परिणामले एमालेलाई कांग्रेसले जित्न नसक्ने देखिएको छ ।

६ वटा प्रदेशमा एमालेले कांग्रेसले मात्र स्थानीय तहमा ५० तह धेरै जितेको छ । एमालेले २ सय ७६ स्थानीय तह जितेको छ भने कांग्रेसको २ सय २६ मात्र छ । उपप्रमुख तथा उपाध्यक्ष पदमा त एमालेले ६ वटा प्रदेशमा ३ सय १२ तहमा बिजय हासिल गरेको छ । वडा तथा समग्र मतसंख्यामा पनि एमाले अगाडि छ ।

२ नम्बर प्रदेशको प्रारम्भिक मतपरिणमअनुसार कांग्रेस नै अगाडि छ । तर, उसले एमालेलाई जित्न सक्ने भने अवस्था छैन । एमालेलाई जित्न २ नम्बर प्रदेशमा कांग्रेसले ८० भन्दा धेरै तहमा जित्नुपर्छ । तर ५० को हाराहारीमा मात्र उसले जित्ने देखिएको छ । एमालेले करिब ३० तहमा जित्ने देखिएको छ । जसअनुसार करिब ३० स्थानीय तह एमालेले धेरै जितेर पहिलो पार्टी बन्ने निश्चित भएको छ । सत्तारुढ दलको ठुलो षड्यन्त्रका बाबजुत पनि एमालेले स्थानीय तहमा धेरै जितेर पहिलो पार्टी बन्न सफल भएको हो ।

स्थानीय तहमा जस्तै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि पहिलो पार्टी बन्न रणनीति बनाउनका लागि बिहिबारदेखि एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको तयारीमा एमाले जुटिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।