बन्ने भो धनकुटा बजार ‘ओरेन्ज सिटी’ !, यसरी गरियो औपचारीक रुपमै उद्घाटन – फोटो फिचर सहित
धनकुटा खबर । धनकुटा बजारलाई ‘ओरेन्ज सिटी’ अर्थात पहेंलो शहर बनाउने अभियानको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

धनकुटाको खोकुमा उत्पादित एशियाकै रसिलो सुन्तलाको उत्पादनलाई प्रचार गरी धनकुटाको पर्यटन प्रवद्र्धन गर्न गत बर्षको दशैंबाट माथिल्लो कोप्चे टोलबस्ती संगठनले अभियानको शुरु गरेको थियो ।
उक्त अभियानको ठीक १ बर्ष पुगेको अबसरमा टोलबस्तीले धनकुटा नगरपालिकाका जनप्रतिनीधिहरु मार्फत् औपचारीक रुपमा उत्घाटन गरेको हो ।

कार्यक्रममा टोलबस्तिले ८३ घरमा पहेंलो रंग लगाउने अभियान पुरा गरेको टोलबस्तीका अध्यक्ष गोबिन्द राईले जानकारी दिए ।
धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला बस्नेतले उत्घाटन गरेको उक्त घोषणा कार्यक्रममा नगरपालिका स्थित शहरी क्षेत्रका वडा अध्यक्षहरुले अभियानमा साथ दिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

पहेंलो रङ लगाउने अभियानलाई निरन्तरता साथ दिंदै आएको पशुपति पेन्टले निरन्तर रुपमा रङको खरिदमा ४० प्रतिशत छुट दिएर सहयोग गर्ने पेन्टका धनकुटा प्रतिनीधि निलेश श्रेष्ठले जानकारी दिए ।
नगरको वडा नं. ५ का वडा अध्यक्ष धनकुमार राईको बिशेष आथित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष ,राजेश्वरबहादुर श्रेष्ठ,नगरपालिकाका १,४,६,७,८ का अध्यक्षहरु क्रमश निरन तामाङ,अघमशेर राई,नरेश श्रेष्ठ,जंगबहादुर राई,सुमन राइ वडाको सहभागिता रहेको थियो ।

