अब हरेक नेपाली नागरीकले कुनैपनि आपाराधिक गतिबिधीको उजुरी गर्न प्रहरी कार्यालय सम्म जानै नपर्ने, यस्तो छ कारण…
अब घरघरमा प्रहरी !
धनकुटा खबर । अब हरेक नेपाली नागरीकले कुनैपनि आपाराधिक गतिबिधीको उजुरी गर्न प्रहरी कार्यालय सम्म जानुपर्ने छैन । गृह मन्त्रालयले आजबाट देशैभरी एकै साथ जनमैत्री प्रहरी अभियान शुरु गरेर जनताको घरदैलो र टोलमा गएर जनता संग मिलेर काम गर्नेछ ।

यसै सन्दर्भमा आज धनकुटामा पनि गृह मन्त्रालयले जारी गरेको जनमैत्री प्रहरी अभियानका बारेमा जिल्ला प्रहरी कार्यालय धनकुटाले एक कार्यक्रम गरेर जानकारी दिएको छ ।
प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीका आथित्थमा कार्यक्रम गरेर मन्त्रालयले लागु गरेको ‘शान्ति सुरक्षा र सुशासन,जनमैत्री प्रहरी र प्रशासन हाम्रो अभियान’ बिषयमा सरोकारवालाहरुलाई जानकारी दिएको छ ।

कार्यक्रममा कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) धनप्रसाद सिवाकोटीले अभियानका लागि रक्षा मन्त्रालयले लागु गरेको ८४ वटा योजनाका बारेमा जानकारी दिएका थिए ।
सो अभियान अन्तर्गत अब प्रहरीहरु हरेक टोलमा महिनाको कम्तिमा एक पटक जनताको घरदैलोमा पुग्नुपर्ने छ ।

यस कार्यक्रमले समाजको अपराधिक कृयाकलाप न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने प्रहरी उपरीक्षक(एसपी) सुदिपराज भण्डारीले बताउनुभयो ।
उक्त अभियान सन्चालन गर्न प्रमुख जिल्ला धिकारीका अध्यक्षतामा जिल्लाका सम्पूर्ण सरोकारवाला संस्थाहरु सदस्य रहने गरी गठन भएको समितिले जनता संग मिलेर काम गर्नेछ ।


