अन्तराष्ट्रिय मापदण्डका आधारमा ईटहरी र बिराटनगर राजधानी हुँदैन : उद्योग मन्त्री
धनकुटा खबर । एक नं. प्रदेशको प्रादेशीक राजधानी ईटहरी वा बिराटनगर बन्ने चर्चा आईरहेको बेला उद्योग मन्त्री सुनिल बहादुर थापाले भने अन्तराट्रिय मापदण्ड अनुसार बन्न नसक्ने बताउनुभएको छ ।

दशै तथा तिहारको अबसर पारेर शनिबार धनकुटामा आयोजित पत्रकारहरुसंगको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयोे, ‘राजधानीका लागि बिराटनगर र ईटहरीको चर्चा चलेपनि नेपालले हस्ताक्षर गरेको जेनेभा सन्धी अनुसार त्यहाँ राजधानी बनाउन मिल्दैन ।’
जेनभा सन्धि अनुसार प्रादेशिक राजधानी हुने स्थान अन्य देशको सिमा भन्न्दा ५० देखि ६० किमि हुनुपर्ने भएकाले प्रदेश नं. १ को राजधानी बिराटनगर वा ईटहरी नहुने बताउनु भयो ।
साविक ५ बिकास क्षेत्रको सदरमुकाम र भौतिक पूर्वाधाहरु प्रसस्त भएकाले धनकुटामा नै प्रादेशीक राज्यको राजधानी हुनुपर्ने थापाको भनाई थियो ।
तराई बिकासको हिसावले अगाडि भएकोले पशहाडि क्षेत्रको बिकास गर्न पनि धनकुटामा राजधानी बनाउनुपर्ने थापाको भनाई छ ।
कार्यक्रममा थापाले नेपालले वल्ड ट्रेड अर्गनाईजेशन (डब्लुटिओ) को ब्यपारीक सन्धी गरेर खुला अर्थतन्त्रमा गएपनि औधोगिक नीति २०६७ समय सापेक्ष रुपमा परिमार्जन हुन नसक्दा नेपालको औधोगिक क्षेत्र प्रभावित भएको थापाले बताउनु भयो ।
‘डब्लुटिओमा नेपालले हस्ताक्षर गरेपछि अब उद्योग र कलकाराना नीजि क्षेत्रलाई दिएर राज्यले गुड गभरमेन्ट चलाउन भन्ने हो । तर पुरानो नीतिका कारण राज्य वा नीजि क्षेत्र कस्ले उद्योग चलाउने भन्ने अन्यौलता छ ।’–उहाँले भन्नु भयो ।
भएका उद्योहरु सेनाले सन्चालन गरेको सन्दर्भ जोड्दै थापाले नेपालको औधोगिक नीति परिवर्तन गरेर नेपालमा बन्द भएका उद्योगहरु नीजि क्षेत्रलाई सन्चालन गर्न दिने पहल भईरहेको उहाँले बताउनुभयो ।


