एमाले भीरगाउँद्वारा दशै-तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान

धनकुटा खबर। धनकुटा नगरपालिका वडा नं २ भीरगाउँ नेकपा एमाले वडा समिति कार्यलयमा आज दशै तिहार तथा छठ पर्वको शूभकामना आदान प्रदान गरिएकोे छ ।

नेकपा एमाले २ नं वडा समितिद्धारा आयोजित शूभकामना कार्यक्रम पार्टीका वडा अध्यक्ष कृष्ण वहाद’र खड्काको अध्यक्षता तथा पार्टीका वरिष्ठ सदस्य पहलमान वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा श्रीमान टंक माविका प्रधानाध्यापक वासुदेव निरौला लगायत पार्टीका वडा सदस्य तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शूभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कै अवसरमा २ नं वडाका नवनिर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङ लगायत अन्य सदस्यहरुलाई स्वागत गर्दै वधाई ज्ञापन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।