एमालेमा प्रवेश गर्न लागेकी कोमल ओलीलाई सुरुमै ठेस !

धनकुटा खबर । निक्कै तामझामका साथ एमाले अध्यक्ष केपी शर्माको हातबाट रातो टिका लगाउने योजना बनाएकी कोमल ओलीको मनमा सुरुमै ठेस लाग्ने भएको छ ।

एमाले अध्यक्ष ओलीबाट आज रातो टिका लगाएर एमाले प्रवेश गर्ने तयारीमा रहेकी गायीका तथा राप्रपाकी केन्द्रिय सदस्य कोमल ओली अन्ततः उपाध्यक्ष बामदेव गौतमको हातबाट टिका लगाउने भएकी छन् ।

आज दाङमा विशाल कार्यक्रम गरेर एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेर कोमललाई एमाले प्रवेश गराउने कार्यक्रम थियो । तर, ओली झापा जाने कार्यक्रम तय भएपछि उपाध्यक्ष बामदेव गौतमले पार्टी प्रवेश गराउने भएका हुन् ।

गायीका ओलीसँगै आजै कांग्रेसका एक प्रभावशाली नेता तथा व्यवसायी बलिभद्र राना पनि प्रवेश गर्दै छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।