नेपाली कांग्रेस क्षेत्र नं २ द्वारा पाख्रीवास नगरपालिकामा स्थानीय तहको निर्वाचन समिक्षा

धनकुटा खबर । नेपाली कांग्रेस क्षेत्र नं २ को आयोजनामा आज धनकुटाको पाख्रीवास नगरपालिकामा स्थानीय तहको निर्वाचन समिक्षा तथा नजिकिदै गरेको चाड पर्व दशै, तिहार, तथा छठको शुभकामना आदान प्रदान गरिएको छ ।

क्षेत्र नं २ का क्षेत्रीय सभापति ईन्दिरा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहको निर्वाचनको विषयमा समिक्षा गरिनुका साथै अव हुने प्रदेश तथा केन्द्र तहको निर्वाचनका लागि उम्मेद्धार छनौटको वारेमा छलफल भएको छ ।

कार्यक्रममा महाधिवेशन प्रतिनीधि आनन्द सन्तोषी राई, पाख्रीवास नगर सभापति कोपीन मानन्धर सहित क्षेत्रीय कार्यसमितिका पदाधिकारी जिल्ला कार्य समितिका प्रतिनीधि र नगर समितिका सदस्यहरुले उपस्थिती जनाएको भूपू सैनिक संघका क्षेत्रीय सभापति श्याम प्रकाश राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।