किन फापेन एमालेलाई प्रदेश नं. २ ?

धनकुटा खबर । नयाँ संविधान जारी भएपछि सत्ताको बागडोर नेकपा एमालेले सम्हाल्यो तर एमालेका लागि सत्ता सञ्चालन फलामो चिउरा चपाउनुसरह नै बन्यो । त्यस्तै बन्यो अहिले प्रदेश नं. २ को निर्वाचन पनि ।

नयाँ संविधान आएलगत्तै सत्तामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सत्ता सुखद बनेन । लामो समयसम्म भारतीय नाकाबन्दीको प्रभावले पिरोलिनुपर्ने अवस्था आयो । तर पनि ओलीले अविचलित रुपमा गरेको कार्यले एमालेभित्र राष्ट्रियता छ भन्ने धेरैलाई छाप प¥यो ।

त्यही छापले गर्दा ६ वटा प्रदेशमा सोचेभन्दा पनि धेरै जित हात पार्न सफल भयो । तर, संविधान संशोधनका मुद्दामा केही तलमाथि हुँदा एमाले मधेशमा पाँचौ हुन पुगेको छ । बरु तुलनात्मक रुपमा माओवादी केन्द्रले मधेशमा बलियो उपस्थिती जनाएको छ ।

पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई जित हात पार्न निक्कै सहज भएको थियो । त्यो बेला एमालेले १ सय २५ स्थानीय तह जितेर नेपाली कांग्रेसलाई निक्कै लज्जित बनाएको थियो ।

अझ त्यो भन्दा पनि दोस्रो चरणमा भएको निर्वाचनमा पनि एमालेले अपेक्षाभन्दा पनि बढी जित्यो । अर्थात् त्यसबेला एमालेले ं१ सय ५१ स्थानीय तह जितेको थियो । तर, जसरी ६ वटा प्रदेशमा २ सय ७६ स्थानीय जितेर वाहवाही कमायो । तर, त्यति धेरै जितेर पनि २ नं. प्रदेशले पहिलेको जितलाई फिका बनाइदिएको छ ।

६ वटा प्रदेशमा पहिलो बनेपछि २ प्रदेशमा पनि एमाले पहिलो बन्छ भन्ने धेरैको आँकलन थियो । तर, त्यो काल्पनिक आँकलन बन्यो । अहिलेसम्म एमालेले १८ स्थानीय तह मात्रै जितेको छ । यसलाई हेर्ने हो भने १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइसक्दा एमालेको हातमा मात्र १८ स्थानीय तह परेको छ । बाँकी अन्य राजनीतिक पार्टीकै पोल्टामा पुगेको छ ।

जितेर पनि हारकै पथमा एमाले

स्वभाविक रुपमा एमाले सबै स्थानीय तहको संख्या जित्ने पहिलो पार्टी बनेको छ । एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्नेवाला छैन । तर पनि एमालेले जितेर पनि हारेको पार्टीझै बन्नुपरेको छ । आखिर किन त ?

प्रदेश नं. २ मा एमाले कमजोर देखिएको भए पनि पहिलो पार्टी नै हो । ‘हार जित स्वभाविक हो’ एमाले नेता प्रदिप ज्ञवाली भन्छन्, ‘प्रदेश नं. २ मा जे जस्तो परिणाम आएको छ, यसलाई सहर्ष स्वीकार गरेर आगामी निर्वाचनमा पार्टीले नयाँ सोचले अघि बढ्न प्ररित गरेको छ ।’

प्रदेश नं. २ मा सुरुवाती समयमै एमाले कमजोर देखिन थालेको थियो । जब एमालेको पक्षमा मत कम आउन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हारबाट पछि नहट्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले त्यतिवेला आफ्ना कार्यकर्ताको मनोवल नघटोस भनेर त्यसरी सान्त्वना दिएका थिए ।

तर, प्रदेश नं. २ मा जसरी एमालेले नराम्ररी हार भोग्यो, यसले एमालेभित्र भएको आन्तरिक कमीकमजोरीलाई उदांगो मात्रै पारिदिएको छैन, आफ्नालाई काखी च्याप्दाको परिणामलाई प्रष्ट्याइदिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।