दशै विदा अगावै कर्मचारीहरु घर-घरमा !, सेवाग्राहीलाई परेको मर्का प्रति जिसस संयोजक टंक चौहानद्वारा आपत्ति
धनकुटा खबर । दशै विदा अगावै कार्यलयका प्रमुखहरु दशै विदा लिई घर गएकाले सेवाग्राहीहरु मर्कामा परेकोमा जिल्ला समन्वय समितिका संयोजक टंक चौहानले आपत्ति जनाउनु भएको छ ।

संयोजक चौहानले उक्त कुरा आज धनकुटामा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बताउनु भएको हो । जिल्ला समन्वय समिति धनकुटाद्वारा आयोजित बडा दसै, शुभ-दिपावली, छठ, मंसिरे चाड तथा अन्य चाडपर्बहरुको अवसरमा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा धनकुटा जिल्लाका मेयर, उपमेयर, नगरपालिकाका कार्यकारी अधिकृत, जिल्ला शिक्षा अधिकारी, उद्योग बाणिज्य संघको अध्यक्ष, राजनैतिक दलका प्रमुख लगायत संघसंस्थाका प्रमुखका साथै संन्चारकर्मीहरुले चाड पर्वहरु भड्किलो तरिकाले नमनाई सौहर्दपूर्ण तरिकाले मनाउन सवै जिल्लावासीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।


