चौविसे गाउँपालिकाको बिभिन्न सडकमार्ग सरसफाई
धनकुटा खबर । नजिकिदै गरेको दशै-तिहार तथा अन्य चाड पर्वलाई लक्षित गरी धनकुटाको चौविसे गाउँपालिकाको विभिन्न सडकमार्ग सरसफाई गरिएको छ ।

फाईल फोटो
जस अनुसार सो गाउपालिकाको सोगुम सुरुङ्ग दोभाने जोड्ने पैदल मार्ग चौविसे ४ माथिल्लो सुरुङ्गी नवजागृत युवा क्लवका अध्यक्ष विनोद मगरको नेतृत्वमा, चौविसे तीन मगर संघ एकता समाज तल्लो सोगुमका अध्यक्ष विष्णुमाया मगरको नेतृत्वमा यावोरा दोभानदेखी चौविसे २ मुढेवासफेदी भञ्ज्याङ्ग सम्म र सिरवानी खानेपानी का अध्यक्ष झगेन्द्र आले मगरको नेतृत्वमा सोगुम-सुरुङ्गी जोड्ने पैदलमार्ग र पाँचथर-धनकुटा जोड्ने यावोरा मूलवाटोको सरसफाई गरिएको हो । सरसफाई कार्यमा क्लव र समाजका उपभोक्ता समिति अधयक्ष तथा अन्य पदाधिकारीहरुले सक्रिय सहभागीता रहेको थियो ।


