धनकुटाको ‘दशै घरमा’ फूलपाती भित्रयाईयो (फोटो फिचर सहित)
धनकुटा खबर । दशैंको ७ औ दिनको अबसरमा आज धनकुटाको दशै घरमा पनि फूलपाती भित्राईएको छ ।
धनकुटाको बालमन्दिरमा रहेको फूलपाती घरबाट ल्याईएको फूलपातीलाई तल्लो टुंडिखेलमा पूजा र बडाई गरेपछि निशान मन्दिरमा रहेको दशै घरमा फूलपाती भित्राईएको हो ।

बिहान ७ : ३१ बजेको साईतमा फूलपाती ल्याएर ८ः ११ बजेको साईतमा टुंडिखेलमा फलपाती पूजा तथा बडाईको आयोजना गरिएको बरख गण धनकुटाका गणपति यूवराज केसीले जानकारी दिनु भयो ।

उक्त फूलपाती कार्यक्रममा धनकुटामा रहेको जंगिनिशान, सिरजंग निशान र ईन्द्र ध्वज निशानलाई नेपाली सेना, श–शस्त्र र जनपथ प्रहरीले सलामी दिएका थिए ।

कार्यक्रममा श–शस्त्र प्रहरी छिन्ताङ्ग गुल्म र जिल्ला प्रहरी कार्यालयका डिएसीद्वय रमेश बिक्रम शाही, धनप्रसाद सिवाकोटी लगाएत बिभिन्न भुतपूर्व सेना तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।

बाजागाजाका साथ नगरपरिक्रमा गरी भित्राईएको उक्त फूलपातीको नगरबासीहरुले घर–घरमा पानीको घडा राखेर स्वागत गरेका थिए ।
आजको दिने गोरखाबाट लगिएको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेको दशैघरमा भित्राउने प्रलन रहेको छ ।


