प्रथम शहिद लखन थापाको शालिक भत्क्याईएको प्रति आदीवासी जनजाती महासंघ जिसप धनकुटाद्वारा घोर भर्त्सना (विज्ञप्ती सहित)
धनकुटा खबर । पोखराको पृथ्वी चोकमा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक भत्क्याईएको प्रति नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाले घोर भर्त्सना गरेको छ ।
परिषदले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै शहिद थापा मगरको शालिक भत्काएको प्रति घोर भत्र्सना गरेको हो । “मुलुकको परिर्वतनका लागि राणाकालिन कालरात्री विरुद्ध लड्ने योद्धाको नियोजित रुपले नश्लिय चिन्तन राखी गौरवमय पुर्खाको शालिक लज्जास्पद रुपमा क्षतविक्षत वनाएकोमा महाँसंघ घोर निन्दा व्यक्त गर्दछ” महासंघद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका सहसचिव सूरेस याम्फुद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद कास्की र नेपाल मगर संघ कास्की लगायत आदीवासी जनजातीहरुको पूर्व जानकारी, परामर्श र सहमति विना गुरिल्ला शैलिमा शहिद थापाको शालिक भत्क्याईएको भन्दै राज्यको कोषवाटै पून; शालिक प्रतिस्थापन गर्न माग पनि गरिएको छ ।
साथै शहिद थापाको शालिक प्रतिस्थापनको लागि पोखरा महानगरपालिकाले खर्च वेहोर्ने र निर्माण कार्यको जिम्मेवारी व्यवस्थापन नेपाल मगर संघले गर्ने गरी असोज १० गते भएको सहमति अक्षरस पालना गर्न समेत आग्रह गरिएको छ । सहमति वमोजिम शर्त कार्यन्वयन नभए परिषदको केन्द्रले उठाउने जुनसुकै कदमलाई पूर्ण समर्थन गर्दै जस्तो सुकै मूल्य चुकाउन जिल्ला समन्वय परिषद तयार रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ती:



