अलैँची खेति तर्फ कृषकहरुको आकर्षण बढ्दै गएपनि धनकुटामा अलैँची उत्पादनमा कमि

धनकुटा खबर । अलैँची खेतितर्फ कृषकहरुको आकर्षण वढदै गएपनि जिल्लामा अलैँची उत्पादनमा कमि आएकोे छ । अघिल्लो आर्थिक वर्षको तुलनमा गतवर्ष ४७ दशमलव ६५ मेट्रिकटनले उत्पादनमा कमि आएको हो ।

आर्थिक वर्ष २०७२÷७३ मा जिल्लामा एक सय ४५ मेट्रिकटन अलैँची उत्पादन भएकोमा गत वर्ष ९७ दशमलव ३५ मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७१÷७२ मा एक सय ३७ मेट्रिकन टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७०÷७१ मा एक सय ३५ मेट्रिकटन उत्पादन भएको थियो ।

कृषकहरुले गत वर्ष दुई सय ४५ हेक्टर क्षेत्रफलमा अलैँची खेति गरेका थिए भने आर्थिक वर्ष २०७२÷७३ मा दुई सय चालिस हेक्टर क्षेत्रफलमा खेती गरेकोमा एक सय ४५ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाका बागवानी विकास अधिकृत पुर्णमाया गुरुङ्गले वताउनुभयो ।
बागवानी विकास अधिकृत गुरुङ्गका अनुसार गत वर्ष उत्पादनमा कमि आउनुमा पुराना वगानमा रोग व्यवस्थापन हुन नसक्नु,कृषकले विषादी तथा मलखादको उचित व्यवस्थापन गर्न नसक्नु,डढुवा,गवारो,पाना कुहिने जस्ता रोग लाग्नु आदि कारण रहेका छन् ।

धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका,महालक्ष्मी नगरपालिका,धनकुटा नगरपालिका,छथरजोरपाटी तथा चौविसे गाउँपालिकाको विभिन्न वडाहरुमा वढि मात्रामा अलैँची खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । कृषकहरुले रामसाई,गोलसाई प्रजातिको अलैँची वढि मात्रामा लगाउने गरेका छन् ।

विगत सात वर्ष देखि अलैँची खेती गर्दै आउनुभएका पाख्रिवास नगरपालिका वडा न.७ मुगाका कृषक वावुराम थापाले अघिल्लो वर्ष करिव साढे दुई मन अलैँची उत्पादन गरेकोमा गत वर्ष ३० केजी मात्र उत्पादन भएको वताउनुभयो । अलैँची वगानमा गानो कुहिने समस्याका कारण अलैँचीका वोट मरेपछि उत्पादन घटेको थापाको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।