‘जेष्ठ नागरिक’ समाजका ज्ञान र अनुभवको भण्डार !
धनकुटा खबर । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज धनकुटामा जेष्ठ नागरिक संघ धनकुटाले आयोजना गररको सम्मान तथा विविध कार्यक्रममा सहभागीहरुले जेष्ठ नागरिक समाजका ज्ञान र अनुभवका भण्डार भएको वताउनु भयो ।

कार्यक्रममा तिन दर्जन जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक संघ धनकुटाको तर्फबाट सम्मान गरिएको र महिला तथा पुरुष जेष्ठ नागरिकविच म्यूजिकल चियर प्रतियोगिता तथा जेष्ठ नागरिक विषयमा कविता,भजन र गित प्रतियोगिता आयोजना गरिएको थियो ।
कविता ,गित तथा भजन प्रतिगितिामा प्रथम विष्णु वराल,द्धितिय लिला ढुंगेल , तृतिय निर्मला वराल र सात्वना गोमा परियार हुुनु भएको थियो भने पुरुष म्यूजिकल चियरमा प्रथम सिताराम तामांग र द्धितिय बालमुकुन्द श्रेष्ठ र महिला म्यूजिकल चियर तर्फ लक्ष्मी अधिकारी प्रथम र निर्मला वरायल द्धितिय हुनु भएको सचिव कृष्ण भागत श्रेष्ठले वताउनु भयो ।
विजयी प्रतियोगिहरुलाई कार्यक्रमका अध्यक्ष तथा जेष्ठ नागरिक संघ धनकुटाका अध्यक्ष राम वहादुर श्रेष्ठ,जेष्ठ नागरिक देवीमाया अधिकारी,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,जेष्ठ नागरिक संघ धनकुटाका सल्लाहकार दामोदर दाहाल,दोर्ण गुरागाई ,पण्डित फडिन्द्र वराल लगायतले नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
जेष्ठ नागरिक संघ धनकुटाका अध्यक्ष राम वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक देवीमाया अधिकारी, सल्लाहकार दोर्ण गुरागाई, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,मधुमेही संघ धनकुटाका उपाध्यक्ष हरी घिमिरे लगायतले जेष्ठ नागरिक समाजका ज्ञान र अनुभवका भण्डार भएकाले राज्यले जेष्ठ नागरिकको सल्लाह र सुझाव दिदै अगाडी बढ्नु पर्ने र आफ्नो उमेर छनजेल समाज र राष्टका लागी पसिना र रगत बगाएका जेष्ठ नागरिकहरुलाई उचित सम्मान गनुृ पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक संघ धनकुटाका वरिष्ठ उपाध्यष इन्द्र वहादुर श्रेष्ठले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव कृष्ण भागवत श्रेष्ठले गर्नु भएको थियो ।
यसैगरी जेष्ठ नागरिक पूर्ण प्रसाद गुरागाईले पनि आजै जेष्ठ नागरिक दिवसको अवसरमा शुभ कामना दिदै राज्यले जेष्ठ नागरिकहरुलाई उचित सम्मान र सहयोग गर्नु पर्ने वताउनु भयो ।


