सीमा बचाउ अभियानकर्ता भारतीय प्रहरीको नियन्त्रणमा !

सप्तरी, असोज १५ । सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादव सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । यादव र अर्का एकजनालाई शनिवार नै रिहा गरे पनि उनका छोरा प्रहरी नियन्त्रणमा छन्।

सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार आइतबार छोराको रिहाईका लागि सीमापार गएका यादवलाई उताको प्रहरीले नियन्त्रणमा लिएको छ।

एसपी सिंहले भने, ‘मैलेपनि केही समयअघि घटनाका बिषयमा जानकारी पाएको छु । के भएको हो बुझ्ने प्रयास भइरहेको छ ।’

सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।

नेपाली भूमि रक्षाका लागि चार घण्टासम्म लड्दा साह घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन । भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।