अलैचीको मूल्य घटेर मारमा परेका महाभारत धनकुटाका किसानलाई थपियो अर्को समस्या !

धनकुटा खबर । अलैचीको मूल्य घटेर मारमा परेका सागुरीगढी गाउँपालिका वडा नं ८ महाभारत धनकुटा अलैचि किसानहरुलाई अर्को समस्या थपिएको छ ।

त्यहाँका किसानले लगाएको अलैची जङ्गली जनावर वादरले खाएर दुख दिन थालेपछि समस्या थपिएको हो । अलैचीको नयाँ वोट पलाउने यो समय वादरले वोट भाँचेर भीत्री गुदी नै खाईदिने गरेपछि समस्या भएको स्थानीय किसान कमल राईले वताउनुभयो ।

यसरी वादरले अलैचीको वोट नै भाचेर भीत्रि गुदी र मूना पनि खानेभएपछि आउदो वर्ष उत्पादनमा समेत गिरावट आउने चिन्ताले आफुलाई सताएको अर्का किसान सूर्य वहादुर राईले वताउनुभयो ।

दैनिक ५०र६० वटा संख्याको समूहमा आउने वाँदरले अलैची खाएर दुख दिएपछि आफुहरुको खेतीपाती कार्यमा थप समस्या भएको त्यहाँका किसान राम वहादुर राईको गुनासो छ । अन्य खानेकुरा नपाएपनि वादरले अलैची खानेगरेको किसानहरुले वताएकाछन् । महाभारतमा ३ सय घरधुरी संख्याका किसानले करिव ७ हेक्टर वढी क्षेत्रफलमा अलैची खेती गर्ने गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।