यस्तो छ एमाले, माओवादी र नयाँशक्ति बीच एकताको सहमति (सहमति पत्र सहित)

एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरे ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ :
– तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।
– समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।
– पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।
– अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।
– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।
– निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।
– निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।