३ दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

नेकपा एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तलमेल तथा पार्टी एकता सुरु भएको घोषणा सभामा बोल्दै ओलीले एउटै पार्टी निर्माणको दिशामा अगाडी बढ्न यो ऐतिहाँसिक पहल भएको बताए। तीन पार्टीको एकताको सहमतिले देशको राजनीतिक, सामाजिक, आर्थिक विषयलाई सही बाटोबाट अगाडि बढाउने उनको दाबी छ।

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावप्रति इंगित गर्दै दुई तिहाई ल्याउने दाबी गरे।

‘देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त, वामपन्थी सरकार लेखेकै छ,’ ओलीले भने, ‘यो कसैले मेट्नै सक्दैन। अब साधारण बहुमत होइन, हाम्रो ध्यान दुई तिहाईतिर हुनेछ ।’ ओलीले व्यंग्य गरे, ‘मलाई डर छ, निद्राको ट्याबलेटहरु बढी बिक्ला कि!

संयुक्त प्रयासले सफलता प्राप्त गरेपछि भ्रष्टाचार नियन्त्रण गर्ने ओलीले बताए। उनले भने, ‘कमिशनखोरीका पछि दौडिन्न, कानुनी राज कायम गर्छ, भेदभाव पक्षपात गर्दैन।’ आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर अघि बढ्ने पहल गरिए पनि प्राविधिक कारणले आ–आफ्नै चुनाव चिह्नमा भाग लिने बताए।

‘केही प्राविधिक, कानुनी कुराले गर्दा अहिले सम्भव हुन सकेन । हाम्रो प्रयास जारी छ’ ओलीले भने, ‘एकताको अभियान, चुनावी तालमेल कसैको विरुद्ध छैन । नेपाली जनताको पक्षमा छ।’

पार्टीका कार्यकर्तालाई सान्त्वना दिँदै कसैले पनि जिम्मेवारीता, क्रान्तिकारीता धार छोड्यो भनेर शंका नगर्न उनले आस्वस्त पारे। ‘पार्टी कार्यकर्ताहरुलाई क्रान्तिकारिता, जिम्मेवारी छोड्यो कि भन्ने लाग्न सक्छ । केही पनि छोडेको छैन।’ देशलाई कता लैजाने भन्ने सहमतिपत्रमै लेखिएको उनले बताए । सहमतिपत्रले राष्ट्रिय एकता, स्वाभिमानतालाई माथि उठाउन चाहेको, त्यसका लागि एकजुट हुन आवश्यक भएको बताए।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको प्रयास र निर्वाचनमा तालमेल गरेर जाने प्रयास कसैका विरुद्धमा लक्षित नभएको बताए।‘कसैका विरुद्ध परिलक्षित छैन । नेपाली जनताका पक्षमा भएको र कोही भ्रमित नहुनु’ उनले भने। असम्भव देखिएका कुरा पनि राजनीतिमा हुने र सम्भव देखिएका कुरा पनि नहुने दाहालले बताए। १० वर्ष अघि पनि एकताको प्रयास गरेको सम्झँदै उनले त्यो प्रयास अहिले सम्भव भएको खुलाए। ‘चुनावी तालमेलमा कम्युनिष्ट मात्र भनेका छैनौं,’ उनले भने, ‘लोकतान्त्रिक शक्ति र अन्य शक्ति सम्म पनि तालमेलको कुरा गरेका छौं।’

सबै साठी र चालीस प्रतिशत एमाले र माओवादीले लिने सहमति नभएर अन्य सम्भव दलसँग पनि तालमेल गर्ने। अरु दलले लिए पछि रहेको मा उक्त प्रतिशत लिने सहमति भएको उनको भनाई छ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले यो एकताले राजनीतिक स्थितरता सहित आर्थिक समृद्धितिर जाने बाटो देखाउने बताए।

‘विकास र समृद्धिको यात्रालाई सहज बनावउने छ’, उनले भने,’त्यसको लागि वामपन्थी प्रगतिशिल दलहरुको एकता आवश्यक थियो त्यो आज भयो।’ यो गठवन्धनले दुई तिहाइ बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको सरकार बनाउने बताउने बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।