धनकुटाको पाख्रीबासमा मारुती भेन दुर्घटना, ३ घाईते

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका कट्टेल धारा भन्ने स्थानमा आज विहान मारुती भेन दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा अन्दाजी २५ वर्षका राम कुमार राई, मोरङ्ग केरावारीकी ४६ वर्षकी चन्द्र माया गिरी र धनकुटाको पाख्रीवास नगरपालिका चुममाङ्गकी सरिता पोखरेल रहेको पाख्रीवास प्रहरीले जनाएको छ । राम कुमारको भने ठेगाना खुल्न नसकेको प्रहरीले वताएको छ ।

ग १ च २९८ नं को मारुती भेन दुर्घटना हुँदा घाईते भएका उनीहरु मध्ये गम्भिर घाईते राम कुमारलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र अन्य दुईजनाको पाख्रीवास पोलिक्लिनिकमा उपचार भईरहेको छ । सरिता र चन्द्र मायाको ढाड र टाउकोमा चोट लागेको छ ।

मुगावाट पाख्रीवास तर्फ आईरहेको मारुती भेन ओेभर लोडको कारण उकालोमा चढ्न नसकी पछाडी सरेर खोल्सीमा पसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।