नेपाल–भारत दशगजामा भारतीयद्वारा थुपारिएको माटो प्रहरीले हटाउन लगाए

भीमदत्तनगर । भारतको दुधुवा नेशनल पार्कमा रहेका जंगली जनावरको संरक्षण तथा तिनीहरुको नेपाल प्रवेश रोक्न भारतीय वन विभागका कर्मचारीले कञ्चनपुरको पुनर्वास नगरपालिकाको बिचपाँटास्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिरहेको अग्लो माटोको डिल बनाउने कार्यलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।

भारतले आफ्नो क्षेत्रमा खाडल बनाइरहेको भए पनि त्यसबाट निस्केको माटो दशगजा क्षेत्रमा थुपार्न थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आज रोकेका हुन् । भारतीय वन कर्मचारीले बुधबार खाडल खन्ने काम थालेका हो । सोही दिन बेलुकादेखि उक्त कार्यमा रोक लगाएको प्रहरीले जनाएको छ ।
बेलौरीस्थित सशस्त्र प्रहरी क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीमसिंह थापाले भारतीय वन विभागका कर्मचारीले वन्यजन्तुको चरन रोक्न भारतीय भूमिमा करिब १५० देखि १८० मिटरसम्म खाडल बनाएको बताए । “आफ्नै भूमिमा खाडल बनाएर दशगजामा माटो फालेको थियो,” सशस्त्र प्रहरी निरीक्षक थापाले भने, “स्थानीय प्रशासन र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उनीहरुले तत्काल सो कार्य रोकेका छन् ।” उनका अनुसार प्रहरीको आग्रहपछि वन कर्मचारीले दशगजामा डोजरको सहायताले थुपारेको माटोसमेत त्यहाँबाट हटाएका छन् । “दशगजामा राखेको माटो सबै खाली गरेर तत्काल काम नगर्ने भनेका छन्,” उनले भने, “उक्त कार्यबारे एसएसबीलाई समेत वन कर्मचारीले जानकारी गराएका रहेनछन् ।”

नेपाल–भारत सीमा स्तम्भ नं १९३ देखि पूर्वी उत्तरतर्फ करिब १५० मिटर ट्रेन्च खनेर नेपालतर्फको दशगजामा अग्लो डिल बनाउने काम अन्तर्राष्ट्रिय मर्यादा विपरीत भएको ठहर गर्दै नेपाली पक्षले आपत्ति जनाएका हुन् ।

भारतीय वन कर्मचारीले आगामी दिनमा सीमा क्षेत्रमा केही काम गर्नु परेमा समन्वय गरेर मात्रै सञ्चालन गर्नेसमेत बताएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सो क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट सीमा अतिक्रमणका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ । पुनर्वासमै केही समयअघि सीमा विवादकै कारण भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतमकाे ज्यान गएकाे थियाे । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।